८ श्रावण २०८१, मंगलवार

अपग्रेड भएको इन्जिनमा हुण्डाईको क्रेटा, सूरक्षा फिचर थप


 

काठमाडौं । बीएस ६ मापदण्डको सेकेन्ड फेज कार्यान्वयन गर्दै हुण्डाईले नयाँ इन्जिनमा क्रेटा ल्याएको छ । सर्वाधिक सफल एसयूभी क्रेटा नयाँ इन्जिनमा आए सँगै यसको मूल्य पहिलेको तुलनामा २० देखि ५० हजार भारतिय रुपैयाले बढेको छ ।

सन् २०२३ अप्रिलबाट भारतमा उत्पादन हुने कारहरुले बीएस ६ मापदण्डको सेकेन्ड फेज लागु गर्नु पर्ने नियम बनाएको कारण सबै कम्पनीले इन्जिन अपग्रेड गरिरहेका छन् ।

पावर र टर्क समान रहे तापनि प्रदुषणका हिसाबले इन्जिनमा अपग्रेड भएको छ ।  पेट्रोल र डिजेल इन्जिन समान १.५ लिटर क्षमताको इन्जिन क्रेटामा पाउन सकिन्छ । क्रेटामा टर्बो इन्जिन भने १.४ लिटर क्षमताको पाउन सकिन्छ ।

 

क्रेटामा कम्पनीले तीन इन्जिन अप्सन दिएको छ । पेट्रोल इन्जिनको अधिकतम पावर ११५ पीएस र १४४ एनएम टर्क जेनेरेट गर्छ । साथै, डिजेल इन्जिनले पनि अधिकतम ११५ पीएस पावर २५० एनएम टर्क प्रदान गर्छ । यसको टर्बो इन्जिनले भने १४० पीएस पावर र २४२ एनएम टर्क प्रदान गर्छ ।

इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, भेहिकल स्टेविलिटी म्यानेजमेन्ट सिस्टम, हाइट अनुसार मिलाउन मिल्ने सिट बेल्ट जस्ता फिचरहरु सन् २०२३ क्रेटामा थप भएर आएको छ । कम्पनीले यसको स्टायडर्ड भेरियन्टमा ६ वटा एयरब्याग अनिवार्य छ ।

नेपालमा कहिले आउछ !

नेपानमा हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले लामो आयात प्रतिबन्धपछि गाडी आयात सुरु गरिसकेकाले नयाँ क्रेटा चाँडै नेपाली बजारमा पनि आउने पक्का भएको छ ।