३ श्रावण २०८१, बिहीबार

७० अंक ल्याए पास हुने व्यवस्था फागुन २ देखि लागू हुँदै, यस्ता छन् फेल हुने अवस्थाहरु


काठमाडौं । बागमती प्रदेशले फागुन २ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ।

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ । विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकिरकेको थिएन । प्रदेश नं १, मधेश प्रदेश र गणडकी प्रदेशमा नयाँ व्यवस्था केही समय अघि नै लागू भइसके पनि बागमती प्रदेशमा भने सो व्यवस्था फागुन २ बाट लागू हुने भएको छ ।

अब लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन  हुने बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंले बताएका छन् ।