७ श्रावण २०८१, सोमबार

‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक


 

दीपक र दीपाको फिल्म ‘छक्का पन्जा ४’ को ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक ट्रेलरमा राजनीतिक परिवेशलाई देखाउन खोजिएको छ ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।

आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ।

ट्रेलर को लिन्क

https://youtu.be/V3tEPolMPKQ