८ श्रावण २०८१, मंगलवार

अब काठमाडौंमा प्रतिघण्टा ५० किमि भन्दा बढी स्पीडमा गाडी बाइक गुडाउन नपाइने


काठमाडौं । काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने व्यवस्था ल्याइएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर गरी सो व्यवस्था ल्याइएको हो ।

साथै, काठमाडौंमा विभिन्न ठाउँ लगायत भक्तपुरका सडकमा पनि प्रति घन्टा ५० किलोमिटरको गति तोकिएको छ । अब ५० भन्दा बढी गतिमा सवारी चलाएमा ट्राफिक प्रहरीले जरिवाना लिने भएको हो । रु ५००-१५०० सम्मको जरिवाना संगै अनिवार्य सचेतना कक्षामा बस्नु पर्ने भएकाले उपत्यका ट्राफिक कार्यालय  रामशाहपथको अवस्था निकै अस्तव्यस्त छ ।

समयसँगै सडकको स्तरउन्नती र सवारी साधनको संख्यामा बृद्धि हने गर्दछ तर समय अनुकुल ऐन नियम संसोधन नहुनाले नेपालको कानुन प्रति सर्वसाधारणको विश्वास खस्किदो अवस्थातिर जादैछ । संवेदनशीलता लाई मध्यनजर गर्दै गति सिमित हुनु, ट्राफिक नियमको पालना गरिनु आवश्यक कुरा हुन तर राजमार्गमा आफ्नो अनुकुल समय पारेर राडर गन तेर्साएर, बाटो छेकेर बस्ने र ५० को गति ५१ हुनासाथ कागजपत्र मागेर चिट काट्ने ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण भन्दा जनतालाई दुःख धेरै दिएको दखिन्छ ।

१ घण्टाको सचेतना कक्षा लिनका लागि पूरा दिन नै छुट्टाउनु पर्ने अवस्था भएकाले जनताले सास्ती भोगिरहेको अवस्था छ, यसको प्रमुख कारणहरु महाशाखाको कमजोर व्यवस्थापन र ८० जना मात्र अट्ने ट्राफिक महाशाखाको हल रहेको छ ।

 

सचेतना कक्षा लिनका लागि भिडभाड