८ श्रावण २०८१, मंगलवार

प्रहरी भ्यानबाट हामफालेर भागेका जबरजस्ती करणी मुद्दाका अभियुक्त पक्राउ


काठमाडौं । प्रहरीको भ्यानबाट हामफालेर फरार भएका एक जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।

अभियुक्त भनिएका धनुषाको सबैला नपा वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरी भ्यानबाट गत फागुन १४ गते पानीमा हामफालेर भागेका थिए।

उनलाई धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनवा नजिकै भारतीय सीमा क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ। उनी भारतीय भूमितर्फ जान लुकीछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अदालतमा म्याद थपका लागि लगेर प्रहरी कार्यालय ल्याउँदै गर्दा उनी फरार भएका कारण गाडीमा सुरक्षार्थ खटिएका ६ जना प्रहरीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले बताएको छ ।