८ श्रावण २०८१, मंगलवार

अदालतको आदेश मान्दिन भन्न मिल्छ – अधिवक्ता नेपाल


काठमाडौँ, ८ असार । अधिवक्ता स्वागत नेपालले अदालतको आदेश मान्दिन भन्न मिल्ने बताएका छन् । एक अन्तरबार्तामा बोल्दै उनले मेयर बालेन शाहले अदालतको आदेश मान्नै पर्ने अवस्था नआउने कुराको दाबी गरेका छन् ।
भारतीय चलचित्र आदिपुरुषले नेपालको राष्ट्रियता र धार्मिक सहिष्णुता माथी आँच पुराएको भन्दै काठमाडौँमा पर्दर्शन रोक लगाएर विवादित बनेको मेयर शाह अहिले अदालतको आदेश मान्दिन भन्ने कुराले थप विवादित बनेका छ्न । शाहले “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।” लेखेर सामाजिक सञ्जालमा लेखेपछी यस्ता टिकाटिप्पणी सुरु भएको हो ।
अधिवक्ता नेपालले यही कुरामा बोल्दै – “यो देशमा अदालत र जनताको आदेश सबैभन्दा धेरै नमान्नेहरु न्यायाधीशहरु नै हुन्,
जिल्ला अदालतको फैसला उच्च अदालतले मान्दैन र उल्टाईदिन्छ, उच्च अदालतको फैसला पनि सर्बोच्च अदालतले मान्दैन, उनीहरुले नमाने हुने र हामीले चाहिँ मान्नपर्ने ! अदालतको आदेश भन्दामाथि नेपालको संविधानको धारा ४८ ले दिएको नागरिकको कर्तव्य हुन्छ ” भनेका छन् ।