७ श्रावण २०८१, सोमबार

अफ्रीकन नागरिक लगाएर नेपाली श्रमिक कुटाउने सुनारलाई रास्वपा प्रवास नेपाली समन्वय समिति युएईले राजदुतावासमा बुझायो


राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली समन्वय समितिले गत जुलाई १० तारिक आबुधाबी स्थित नेपाली राजदुतावासमा ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । दुतावासमा उक्त ध्यानाकर्षण पत्र बुझाउँदै दलाल र अद्यागमन विभागका कर्मचारीको मिलेमतोमा नेपालीहरुलाई ठग्ने गरिएको भन्दै तत्काल कारबाही गर्न माग गरेको छ।
रा स्व पा केन्द्रीय विभागका विभागीय सदस्य श्री राजुराज फुयाँल प्रवास नेपाली समन्वय समिति युएईका सभापति सुजन थापा लगायत समितिका पदाधिकारिहरुले विभिन्न ८ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै अलपत्र नेपालीलाई उद्दार गर्न र अवैध कार्यमा संलग्नलाई कानुनीलाई कारबाही गर्न माग गरेको छ।
त्यसैगरी युएईको दुबईमा नेपालीहरुको जनसंख्या बाक्लो रहेको तर त्यहा नेपाली दुतावासको कुनै प्रभाव नपरेकाले नेपालीहरुले सेवा प्राप्तिका लागि कठिनाई भोग्नु परेको र अन्य राज्यहरुबाट दुबइ आउन यातायत लगायत विभिन्न सुबिधा भएको तर आवुधाबि जान समस्या रहेको समेत बताउदै सम्बन्धित निकायमा कुरा राखेर वाणिज्य दुतावसको कार्यलय राख्न समेत अनुरोध गरेको छ ।
साथै उत्त दिन सामाजिक संजालमा ब्याप्त रुपमा प्रदर्शन भएको भिडियो जुन अफृकन नागरिक लगाएर अन्य नेपालिहरु कुटाईएको भिडियोका पिडक बिजय सुनार (सिभर लाइन फ्यासिलिटि म्यानेजमेन्टका संचालक) र पिडित भनिएका ब्यत्तिहरु इन्दिरा परियार, राजेश पुरी र कर्ण बहादुर सुनार लगायत अन्य ५ जनालाई समेत राजदुतावासमा उपस्थित गराई बृहत छलफल गराएको छ।