४ श्रावण २०८१, शुक्रबार

स्वतन्त्र निजामती कर्मचारी संगठनको धर्नामा प्रहरीको हस्तक्षेपः अध्यक्षसहित केही पक्राउ


काठमाडौँ । संघीय निजामति सेवा ऐन जारी गर्न भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले सुरु गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । सिंहदरबार दक्षिण गेटमा धर्ना दिइरहेकामध्ये संगठनका अध्यक्ष पशुपति पोखरेल र अन्य केही पक्राउ परेका छन् । संघीयता लागु भएको लामो समय बितिसक्दा पनि संघीय निजामति सेवा ऐन जारी नभएको भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ । संघीय निजामति सेवा ऐन छिटो जारी गर्न माग गर्दा प्रहरीको दमन भएको भन्दै संगठनले आपत्ती जनाएको छ । संगठनले प्रहरी नियन्त्रणमा रहेका अध्यक्षसहित राष्ट्र सेवक कर्मचारीहरूलाई छिटो रिहा गर्न माग गरेको छ ।