४ श्रावण २०८१, शुक्रबार

अतिरञ्जित समाचार सम्प्रेषण गर्ने बिरुद्द समिक्षाको साइबरमा उजुरी।


गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा साइबर अपराधसम्बन्धी उजुरी दर्ता गरेकी छिन् ।

अष्ट्रेलिया भिसाबारे ढिलाइको विषयलाई लिएर मानसिक यातना दिएकाे भन्दै गायिका अधिकारीले साइबर क्राइमको उजुरी दिएकी हुन् । अधिकारीले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरेको बताएकी छिन् ।

उनले कसैको वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारका लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध हो भन्दै सबै सञ्चारमाध्यमलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषणको आग्रह गरिन् ।