३ श्रावण २०८१, बिहीबार

पाकिस्तानसङ्ग हार ब्यहोरेको नेपाली क्रिकेट टिमलाई बालेनको सान्त्वना।


काठमाडौँ महानगरका मेयर बालेन शाहले पाकिस्तानसँग हार बेहोरेको नेपाली क्रिकेट टिमलाई सान्त्वना दिँदै  सफलताका लागि हारको माला लगाउनै पर्ने बताएका छन् ।

नेपालका सर्वकालिन खेलाडी पारस खड्कासङ्ग भएको कुराहरु व्यक्त गर्दै हिजोको पाकिस्तानसङ्गको खेल पनि हामिले हेर्दा पारसले भने जस्तै भएको बताएका छन।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले पाकिस्तानसँगको सिकाइले भारतसँगको खेल सहज हुने बताएका छन् । हामीले हिँडेको बाटो गलत नभएको बताउँदै सफलता हासिल गर्न हारका मालाहरू लगाउनै पर्ने बताएका छन् ।

उनले भने- ‘बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरूका मालाहरू पनि यिनै हुन् । प्रिय खेलाडी, व्यवस्थापक र समर्थकहरू ! हामी हिँडेको बाटो गलत छैन ।’